PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

सांसदको प्रश्न : विषादीयुक्त तरकारी खाएर मृत्यु भए राहत पाइन्छ?



पहिलोपोस्ट

सांसदको प्रश्न : विषादीयुक्त तरकारी खाएर मृत्यु भए राहत पाइन्छ?

काठमाडौं : आजको प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाललाई काठमाडौंसहित देशभरका बजारमा पाइने तरकारी र फलफूल विषादी रहित छ कि छैन भनी प्रश्न गरिएको छ।

संसदमा प्रश्न गर्दै सांसद रामबहादुर विष्टले भने, ‘काठमाडौंलगायतका देशभरका शहर बजारमा पाइने तरकारी, फलफूल ढुक्कसँग खाँदा हुन्छ कि मन्त्री ज्यू? विषादीयुक्त फलफूल तथा तरकारीले खानाले मृत्यु हुन्छ। यसरी मृत्यु भएकालाई राहत पाइन्छ कि मन्त्रीज्यू?’ 

प्रश्नको जावफ दिँदै मन्त्री खनालले भने, ‘अनुमानका भरमा विषादी युक्त हो भनेर भन्न सक्दैनौं। अहिले हाम्रा ल्याबहरु कमजोर छन्। अन्तर्राष्ट्रिय संस्थाबाट र हाम्रा आफ्नै ल्याबबाट जाँच गरिएकोमा खाने नहुने कुनै पनि छैन।’

जाँच गरिएको सात सयवटा बस्तु मध्येमा दुईवटामा मात्र विषादी भेटिएको मन्त्रीले जानकारी दिए।

‘आयात गरिएकाहरुमा बढी विषादी छ। मैले भारत भ्रमण क्रममा क्वारेन्टाइनको विषयमा प्रश्न उठाएँ। क्वारेन्टाइन बढाउन आग्रह गरेका छौं। जाँच बढाउँछौं। केही महिनामै आवश्यकता अनुसारको क्वारेन्टाइन सिमानामा हुन्छ,’ उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell