.png)
काठमाडौँ : संसदमा निर्मला पन्त हत्या प्रकरणमा सवाल जवाफ गर्ने क्रममा सांसद महेश बस्नेत र गृहमन्त्री रामबहादुर थापा बादल प्रहरीले खडा गरेको अभियुक्त र एसपीको नाममै कन्फ्युज भएका छन्।
प्रश्नोत्तरका क्रममा नेकपा सांसद महेश बस्नेतले निर्मला पन्तको विषय मानवअधिकारवादी र मिडियालाई गरिखाने विषय र प्रतिपक्षलाई राजनीति गर्ने विषय भएको भन्दै दीलिपसिंह विष्टलाई एसपी बनाएर त्यहाँ राखिरहने तत्कालीन नेतृत्वका साथीहरु को को हुन् उनीहरुमाथि पनि अनुसन्धानको दायरा बढाउनु पर्ने बताए।
यसमा जवाफ दिँदै गृहमन्त्रीले भने, दीलिपसिंहसँग सम्बन्धित विषयमा पनि सरकार गम्भीर छ र त्यो दिशातर्फ पनि सरकारले आवश्यक कदमहरु उठाएको छ।
सांसद र गृहमन्त्री दुवै केमा झुक्किए भने दीलिपसिंह विष्ट अभियुक्तका रुपमा प्रहरीले उभ्याएका व्यक्तिको नाम हो। तत्कालीन कञ्चनपुरका एसपीको नाम भने दिल्लीराज विष्ट हो।