
काठमाडौं : फागुन १० गतेदेखि प्रदर्शनमा आउने फिल्म 'रुमालै छ चिनो'को पोस्टर सार्वजनिक भएको छ। फिल्मका चार पोस्टरमा अभिनेता सुशान्त कार्की र अभिनेत्री अप्सना थापा फिचर्ड छन्।
यसअघि फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको थियो। दिनेश सिंह ठकुरी निर्देशित फिल्मको शीर्षक गायक रेशम थापाको लोकप्रिय गीत 'रुमालै छ चिनो'बाट सापटी लिएको बताइएको छ।
ज्योति फिल्मस्को ब्यानरमा बनेको फिल्ममा बिनोद सापकोटाको छायाँकन र शिव थारुको सम्पादन छ। फिल्ममा भने सुशान्त र अप्सनासँगै किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मालागयतको अभिनय छ। फिल्ममा रेशम थापाको कथा छ।