PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

जडीबुटीको तरकारी बजारबाट चितुवाको छालासहित दुई किशोर पक्राउ



पहिलोपोस्ट

जडीबुटीको तरकारी बजारबाट चितुवाको छालासहित दुई किशोर पक्राउ

काठमाडौँ: प्रहरीले चितुवाको छालासहित दुई जना किशोरलाई पक्राउ गरेको छ। बुधवार दिउँसो महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काभ्रेपलान्चोक भकुण्डेवेसी ९ बस्ने १६ वर्षीय राजकुमार तामाङ र १७ वर्षीय इन्द्रकुमार तामाङलाई  जडिबुटीको तरकारी बजारबाट चितुवाको छालासहित नियन्त्रणमा लिएको हो।

उनीहरूले चितुवाको पूर्ण कदको छाला बिक्री वितरण गर्ने उद्देश्यले झोलामा लुकाई छिपाई ल्याएको अनुसन्धानमा देखिएको छ। प्रहरीले अनुसन्धानपछि आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय पठाइको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell