काठमाडौं : सिद्धी मिडियाले आयोजना गरेको 'मिस चब्बी मोडल–२०१९'को उपाधि रविना पोखरेलले जितेकी छिन्। २५ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।
उनले उपहारमा स्कुटीसहित 'मिस ब्युटिफुल स्माइल', 'मिस बेस्ट र्याम्प वक' र 'मिस पपुलर'को उपाधिसमेत जितिन्। प्रतियोगितामा जिज्ञासा चटौट फस्ट रनर्स अप र पुनम श्रेष्ठ सेकेन्ड रनर्स अप भए। विजेताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने आयोजकले जनाएको छ।
संजिव झा, अमित झा, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी प्रतियोगिताका निर्णायक थिए। आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरुका लागि यो प्रतियोगिता हुँदै आएको आयोजक अमित शाहले बताए।
प्रतियोगिताको कोरियोग्राफर सच्चु गुरुङ थिइन्।