PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बन्दीपुरमा जीप दुर्घटना, दुई जनाको मृत्यु



रासस

बन्दीपुरमा जीप दुर्घटना, दुई जनाको मृत्यु

दमौली : तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा आज राति ७ः३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरुको उपचारका क्रममा मृत्यु भएको बन्दीपुर अस्पतालमा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

जीप कच्ची सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ कै ४५ वर्षीया चिजामाया गुरुङ, सोही ठाउँका ६० वर्षीया हरिमाया गुरुङ, ६० वर्षीया धनमाया गुरुङ, ५१ वर्षीया कमली गुरुङ र जीप चालक सोही ठाउँका २५ वर्षीय विर्खबहादुर गुरुङ घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि पोखरा लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell