PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

हिमपातले कर्णालीमा हवाई सेवा अवरुद्ध



पहिलोपोस्ट

हिमपातले कर्णालीमा हवाई सेवा अवरुद्ध
हुम्लामा हिमपात भएपछिको फोटो।

सुर्खेतः हिमपातका कारण कर्णाली प्रदेश भित्रिने र बाहिरिने हवाई सेवा अवरुद्ध बनेको छ। प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुने उडान प्रभावित बनेको सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख विनोदकुमार पन्तले जानकारी दिए।

‘अहिलेसम्म मौसम खराबीका कारणले सुर्खेतबाट कतै पनि उडान गर्न सकिएको छैन्’ उनले भने, ‘सम्भवत मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ। यहाँमात्रै नभएर नेपालगञ्जबाट हुने उडान समेत प्रभावित बनेको खबर छ।’

सुर्खेत र नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित बनेको उनले बताए। कर्णालीको राजधानी सुर्खेत र नेपालगञ्बाट कर्णालीको हुम्ला, डोल्पा लगाएतका जिल्लामा हवाई सेवा प्रभावित बनेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell