PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नागढुङ्गामा लागुऔषधि सहित समातिए एक युवक



पहिलोपोस्ट

नागढुङ्गामा लागुऔषधि सहित समातिए एक युवक

काठमाडौः अवैध लागु औषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

उपत्यका भित्रिने नाका नाग ढुङ्गा चेकपोस्टबाट सोलुखुम्बु सल्लेरी नगरपालिका ५ घर भएका २० वर्षीय छिरिङ शेर्पालाई नियन्त्रणमा लिएको महागरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

जनकपुरबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बसमा सवार शेर्पाले शरीरमा लुकाए ४ सय ५० थान नाईट्राभेट ट्यावलेट ल्याएको प्रहरीले जनाएको छ। शेर्पालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell