PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

विभिन्न राजदूतको चासोमा प्रचण्ड प्रतिक्रिया : आन्तरिक मामिलामा अनावश्यक चर्चा



पहिलोपोस्ट

विभिन्न राजदूतको चासोमा प्रचण्ड प्रतिक्रिया : आन्तरिक मामिलामा अनावश्यक चर्चा

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको स्वीकार्दै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताएका छन्।

चितवनको भरतपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग कुरा गर्दै फागुन र चैतको अभियान जसरी पनि पूरा गर्ने जानकारी दिए। उनले भने, ‘सरकारको तर्फबाट दिन प्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन्। विकास निर्माणका काममा गति पक्रिन थालेको छ।’

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै अध्यक्षले भेनेजुयलाको बारेमा पार्टी सचिवालय बैठक बसेर हस्तक्षेपको विरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने पनि बताए।

अध्यक्षले भने, ‘नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नै छैन। सबै राजनीतिक दलहरुबीचमा सहमति नै छ। ऐन संशोधनका निम्ति सबैसँग कुरा भएको छ। शान्ति प्रक्रियासँग सम्बन्धित बिषय सत्ता पक्ष र प्रतिपक्षबीच एकै धारणा छ।’ उनले नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell