अभिनेता साहरुख खानकी पत्नी गौरी खानले हालै बलिउड सेलिब्रिटीका लागि एक पार्टी आयोजना गरिन्। जहाँ बलिउडका अधिकांश कलाकार उपस्थित थिए। अभिनेत्री मलाइका अरोरा अभिनेता अर्जुन कपूरसँगै एकसाथ पार्टीमा देखिए।
पछिल्लो समय मलाइका र अर्जुन प्रेम सम्बन्धमा रहेको बलिउडमा निकै चर्चा थियो। दुईले मिडियाका आफ्नो प्रेम सम्बन्धबारे भने केही बोलेका थिएनन्। तर, यी दुई सार्वजनिक कार्यक्रमा एकसाथ देखिन थालेका छन्।
अरबाज खानसँग १७ वर्षपछि डिभोर्स गरेकी उनी अहिले अर्जुनसँग प्रेममा रहेको द हिन्दुस्तान टाइम्समा उल्लेख छ।