PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पूर्व राजदूत एवं गीतकार डा. सिंहबहादुर बस्न्यातको निधन



पहिलोपोस्ट

पूर्व राजदूत एवं गीतकार डा. सिंहबहादुर बस्न्यातको निधन

काठमाडौं :  नेपालका लागि बेलायतका पूर्व राजदूत एवं गीतकार डा. सिंहबहादुर बस्न्यातको निधन भएको छ। 'द ब्रिटेन नेपाल सोसाइटी'ले उनको निधनको पुष्टि गरेको छ।

सन् १९९७ मा उनी बेलायतका लागि छैटौं नेपाली राजदूत थिए। उनले भारतीय अभिनेत्री माला सिन्हाका लागि पनि गीत लेखेका थिए। उनको शब्द रहेको 'कुनै दिन पहाडमा' बोलको गीतमा मालाकै स्वर सुन्न सकिन्छ। उनी जयन्ती मेमोरियल ट्रस्टका अध्यक्ष थिए।

गायन र भोइलेनमा उनको रुचि थियो।

उनले कोलम्बिया विश्वविद्यालबाट इन्टरनेसनल अफेयरमा स्नातकोत्तर गरेका थिए। जर्ज वासिङ्टन विश्वविद्यलयबाट एमफिल र पिएचडि गरेका थिए उनले।  

'कुनै दिन पहाडामा, वस्तुमा हेर्न गाको,संजोगले हामी दुईको त्यहाँ भेट भाको' उनले लेखेको गीतको अंश।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell