PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

हङकङमा हुने भयो 'एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९'



पहिलोपोस्ट

हङकङमा हुने भयो 'एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९'

काठमाडौं : 'एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९' हङकङमा हुने भएको छ। एभरेष्ट इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको अवार्डमा २० विधामा अवार्ड प्रदान गरिनेछ बताइएको छ।

सन् २०१८ मा प्रदर्शनमा आएका फिल्मले यो अवार्डमा सहभागी हुन पाउनेछन्। अवार्ड कार्यक्रममा लामो समय इन्डस्ट्रीमा बिताएका फिल्मकर्मीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइनेछ।

हङकङको 'क्विन एलिजावेथ स्टेडियम हल'मा यो अवार्ड आयोजना हुनेछ। आयोजक आगामी मार्चमा नोमिनेशन सार्वजनिक गर्ने तयारीमा छन्। कलाकार सनिल थापा निर्णायकको संयोजक हुन्।  

अवार्डको नेपाल व्यवस्थापन संगीक्षा फिल्मस् प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले गर्नेछन्। नेपालबाट अवार्डका लागि ६० जना कलाकार, प्राविधिक र पत्रकारको हङकङ पुग्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell