काठमाडौं : फिल्म 'जानी नजानी'को गीतमा कभर भिडियो प्रतियोगिताको घोषणा गरिएको छ। चैत १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'एउटीलाई मुटुमा घर'बोलको गीतमा प्रतियोगिता घोषणा भएको हो।
अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा अर्जुनकै स्वर छ। गीतमा अर्जुनसँगै गायिका दुर्गा खरेलले स्वर दिएकी छिन्। गीतको भिडियोमा मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छिन्। कविराज गहतराजले कोरियोग्राफी रहेको गीतको भिडियोमा नव - अभिनेत्री निरिशा बस्नेत पनि देखिएकी छिन्। कभर भिडियो एक मिनटको हु्नुपर्ने निर्माण टिमले जनाएको छ।
विजेताले उपहारमा टिभी प्राप्त गर्ने निर्देशक बसन्त अधिकारीले बताए। उनले भने 'प्रथम हुनेले स्मार्ट टिभी, दोश्रो हुनेले साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन क्रुसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन्।' प्रतियोगिताको निर्णायक नृत्य निर्देशक एवम् अभिनेता नरेशवीर कंशकार रहनेछन्।
फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन , रोशनी केसीलगायतको अभिनय छ। आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन्। फिल्ममा संजय लामाको छायाँकन, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, रेनिश फागोको रंग संयोजन छ।