PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

एसियन कप जितेपछि फिफा र्‍याङ्किङमा कतारको छलाङ, नेपालको स्थान उस्तै



पहिलोपोस्ट

एसियन कप जितेपछि फिफा र्‍याङ्किङमा कतारको छलाङ, नेपालको स्थान उस्तै

एसियन कप जितेसँगै फिफा विश्व वरियतामा कतारले ३८ अङ्कको छलाङ लगाएर एसियाको टप फाइभमा पर्न सफल भएको छ।

बिहीबार सार्वजनिक गरिएको वरियतामा एसियाको शीर्ष स्थान इरानले ओगेटको छ। इरानपछि दोस्रो स्थानमा जापान र तेस्रोमा कोरिया रहेको छ भने चौथोमा अस्ट्रेलिया रहेको छ। 

नेपालले भने यस बीचमा कुनै अन्तर्राष्ट्रिय खेल नखेलेका कारण वरियतामा कुनै अङ्क नपाएर अघिल्लो वरियताकै स्थान अर्थात् १६१ औँ स्थानमा रहेको छ। 

विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम, दोस्रोमा फ्रान्स र तेस्रोमा ब्राजिल कायम छ। क्रोएसिया चौथो, इङल्यान्ड पाँचौँ, पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्विट्जरल्यान्ड आठौँ, स्पेन नवौँ र डेनमार्क १० औँ नम्बरमा छ भने अर्जेन्टिना ११ औँ नम्बरमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell