PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

पहिलो महिला नेत्रहीन क्रिकेट सिरिज जितेर नेपाली टोली स्वदेश फर्कियो



पहिलोपोस्ट

पहिलो महिला नेत्रहीन क्रिकेट सिरिज जितेर नेपाली टोली स्वदेश फर्कियो
युवा तथा खेलकुद मन्त्रालयमा स्वागतपछि मन्त्री जगत सुनार विक र राखेप सदस्य सचिव केशव कुमार विष्टसँग विजेता नेपाली महिला नेत्रहीन क्रिकेट टोली

काठमाडौँ : पाकिस्तानमा भएको विश्वकै पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेको नेपाली टोली स्वदेश फर्किएको छ।

पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको पाँच खेलको टी २० सिरिज नेपालले ४-० ले जितेको हो। एक खेल भने वर्षाका कारण रद्ध भएको थियो। बिहीवार नेपाल आइपुगेको नेपालको महिला नेत्रहीन क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायतले स्वागत गरेका थिए।

त्यस लगत्तै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विकले सिंह दरवारस्थित मन्यालयमै बोलाएर खेलाडीलाई स्वागत गर्नुका साथै बधाई र शुभकामना व्यक्त गरेका थिए।

राखेपका सदस्य सचिवन समेत उपस्थित उक्त बधाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विकले विश्वकै पहिलो सिरिज जित्ने नेपाली टोली पहिलो भएकोमा प्रशसा गर्दै यसले नेपालको नाम उच्च बनाएको बताए।

उनले महिला र त्यसमाथि पनि नेत्रहीनहरुले पनि गर्न सक्छन् भन्ने देखाएको र विदेशमा गएर जितेर नेपालको झण्डा फहराउन सफल भएको पनि बताए। साथै म्नत्री विकले सिरिज जित्ने नेपाली टोलीलाई उचित सम्मान सहित नगद पुरस्कार प्रदान गर्ने र यसबारे छिट्टै निर्णय गर्ने जानकारी दिए। तर उनले त्यहाँ नगद रकम भने घोषणा गरेनन्।

राखेपका सदस्य सचिव केशव कुमार विष्टले पनि नेपालको नाम राख्ने खेलाडीहरुलाई उचित सम्मान गर्ने बताए।

यस्तै नेपाल नेत्रहीन क्रिकेट संघ क्याब, नेपालका अध्यक्ष तथा टोलीसँग पाकिस्तान गएर फर्केका पवन घिमिरेले नेपाली टोलीले विदेशमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको नाम राखेको बताउदै अब सम्मान र सहयोग गर्ने पालो सरकारी पक्षबाट भएको बताए।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको नेपाली टोलीले पाकिस्तानलाई तीन खेलमा १० विकेटले र एक खेलमा ९ विकेटले पराजित गरेको थियो। खेल पाकिस्तानको लाहोर, रावलपिण्डी र इस्लामावादमा भएको थियो।

वर्ल्ड ब्लाइण्ड लिमिटेडले मान्यता दिएको महिला नेत्रहीनको यो पहिलो सिरिज भएपनि यसअघि नेपालमै २०१४ मा नेपाल र बेलायतको महिला नेत्रहीन क्रिकेट टोलीबीच पनि ३ खेलको सिरिज भएको थियो। जसमा नेपाल ३-० ले विजयी भएको थियव। तर त्यो सिरिजलाई मान्यता नभएका कारण पाकिस्तानमा भएको सिरिजले अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको हो। जसमा नेपालका खेलाडीहरुले केही नतोडिने कीर्तिमान समेत राखेका छन्।

नेपालकी मनकेसरी चौधरी पहिलो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनिन्। उनले सिरिजमा दुई अर्धशतक प्रहार गरिन्। यस्तै मुना अर्याल बी टू क्याटेगोरीबाट चौका प्रहार गर्ने पहिलो खेलाडी बनिन्।

यस्तै विमला राई र मनकेसीले एकै ओभरमा ५ चौका प्रहार गरिन्। विमला एकै ओभरुमा ५ चौका प्रहार गर्ने पहिलो खेलाडी बनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell