PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रतिकुल मौसममा पनि उडान भर्ने योजनासहित धनगढी विमानस्थलमा भिओआर/डीएमइ जडानको काम शुरु



एम बम

प्रतिकुल मौसममा पनि उडान भर्ने योजनासहित धनगढी विमानस्थलमा भिओआर/डीएमइ जडानको काम शुरु

कैलालीः देशकै दोस्रो लामो धावन मार्ग भएको धनगढी विमानस्थलमा भिओआर/डीएमई उपकरण जडानको काम शुरु भएको छ। कम भिजिबिलिटी र रात्रीकालिन उडानमा सहजता प्रदान गर्न भिओआरडीएमई जडानका लागि जाइकाको टोली काम गरिरहेको विमान
स्थलका प्रमुख तेजबहादुर बुढ्थापाले बताए।

हाल स्याटेलाइट बेसमा उडान भइरहेको धनगढी विमानस्थलमा अहिले विमान डिलेड हुने समस्याले यात्रूहरु मार्कामा छन्। उपकरण जडानपछि यो समस्या पूर्ण रुपमा समाधान भएर जाने अपेक्षा गरीएको छ।

६ महिनामा काम सम्पन्न गर्ने गरी उपकरण जडान कार्र्य भइरहेको बुढ्थापाको भनाइ छ। अहिले धनगढी काठमाडौं दैनिक साढे ६ सय यात्रुहरुले यात्रा गर्ने गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा रहेको नियमित उडान भर्ने एक मात्र धनगढी विमानस्थलमा भिओआर/डीएमई उपकरण लगायत प्राविधिक समस्याका कारण यत्रुहरुले ४५ मिनेटको यात्रा गर्दा समेत घण्टौं कुरेर यात्रा गर्नुपर्ने बाध्यता छ।

तर अब भिओआर/डीएमइ जडानपछि रात्रिकालिन र कम भिजिबिलिटीमा पनि सहजै उडान गर्न सकिने भएपछि अहिले जस्तो उडान डिलेडमा समस्या नआउने र आउजाउमा यात्रुलाई सहज हुने बताइएको छ।

दैनिक ६ वटासम्म जहाजले उडान भर्ने धनगढी विमानस्थलमा पछिल्लो समय यात्रुहरुको निकै चाप हुनेगरेको छ। प्रदेशका अन्य पहाडी जिल्लाहरुका विमानस्थल सुचारु नहुँदा धनगढीमै यात्रुहरुको चाप बढेको हो।

७० विघा जमिनमा अवस्थित धनगढी विमानस्थलको धावन मार्ग १८ सय मिटर लामो रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell