PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी



पहिलोपोस्ट

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

धनुषाः जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ।

पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका छन्।

उक्त सूचीमा राख्न अधिकांश प्रक्रिया पूरा भए पनि अझै केही बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए। मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन मापदण्ड तोकिएको पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको साहले बताए।

उपमहानगर प्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गरेका थिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell