PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

कृषि मन्त्रालय खारेजीको माग : किसानमाथि १८ प्रतिशत खर्च, तामझाममा ८२ प्रतिशत



पहिलोपोस्ट

काठमाडौं : कृषि मन्त्रालयले किसानको पक्षमा काम नगरेको भन्दै मन्त्रालय खारेजीको माग भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेजीको माग गरेका हुन्।

उखु किसानहरुको समस्या समाधान नभएको भन्दै सांसद त्रिपाठीले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ। यो पनि विचौलियाको काम गरेको छ। कृषिमा २०३४ सालदेखि अहिलेसम्मको लगानी किसानमाथि जम्मा १८ प्रतिशत खर्च भएको छ । र, ८२ प्रतिशत अन्य तामझाममा खर्च भएको छ।’

सांसद त्रिपाठीले उखु किसानको समस्या उठाउँदा उठाउँदा आफूलाई लाज लागि सकेको बताउँदै भने, ‘यो विषय उठाउँदा–उठाउँदा लाज लगि सक्यो। तर जसलाई लाग लाग्नु पर्ने त्यसलाई लागेको छैन। उखु उत्पादक हैरान विचौलिया मालामाल भएको छ।’

आउँदो जेठ असारसम्म चिनीको संकट हुने दाबी गर्दै त्रिपाठीले भने, ‘फेरि आयातका लागि व्यापारीहरु लाग्ने छन्। दुई लाख मेट्रिक टनभन्दा बढी चिनी नेपाली कांग्रेसको सरकारको बेलामा ल्याइयो। र, उत्पादित चिनी बिक्न सकेन र बाहिरबाट ल्याएको चिनी बिक्री भयो। किसान पीडित भए।’

उखु किसानलाई बलि दिइएको आरोप लगाउँदै उनले भने, ‘देवीले बाघभालुको बलि माग्दैन कमजोरको माग्छ। अर्थात कुखुरा, परेवा, खसी बोकाको माग्छ। त्यसरी नै उखु उत्पादक कमजोर किसानलाई बलि दिइए। व्यापारी, उद्योगपति र सरकारको लडाइमा किसान बलि चढेको छ। तीनवटैले किसानको बलि लिए।’

उनले उखु उत्पादक किसानहरुको बक्यौता रकम उपलब्ध गराउन माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell