PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

द्वन्द्वमा श्रीमान गुमाएकी गोमादेवीको साहरा बनेको बैंक खाता मृगौला फेलपछि रित्तिँदै  



एम बम

नामः गोमादेवी बोहरा 
बैंकः नेपाल बैंक लिमिटेड 
खाता नम्बरः १३७१०१००१६७३८७०००००१

 
विगत १७ बार्षदेखि गोमा देवीको साहरा बनेको यो बैंक खाता। नेपाल प्रहरीमा जागीरे श्रीमान नृपबहादुर वोहराले सशस्त्र द्वन्द्वका क्रममा २०५८ सालमा शहादत प्राप्त गरे। उनका नाममा यो बैंक खातामा आउने रकमले गोमादेवीको आर्थिक जोहो टर्दै आएको थियो। 

०५८ फागुन ४ गते तत्कालिन माओवादीले अछाम मंगलसेनमा गरेको आक्रमणमा परेर प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना, नेपाल प्रहरी र सर्वसाधाराण गरी एक सय २५ जनाको मृत्यु भयो। सोही घटनामा बोहरा पनि परे।

१७ बर्षमै बिहे गरेकी गोमादेवीले बिहेको २ बर्षमै श्रीमान गुमाइन्। त्यतिबेला देखि नै डेढ बर्षकी छोरी र ८ महिनाको छोराको पालन पोषणका लागि शुरु भएको उनको संघर्षले १६ बर्षपछि २०७४ सालमा अर्को मोड लियो।  

श्रीमानको शहादतपछि अस्तव्यस्त बनेको उनको जीवनशैलीले २०७४ सालमा स्वस्थ्यलाई अस्तव्यस्त बनाइदियो । स्वास्थ्यमा निरन्तर समस्या आउनथालेपछि जाँच गराउँन जाँदा डाक्टरले दुबै मृगौला बिग्रिसकेको बताए।
 
सरकारले श्रीमानका नाममा पेन्सन दिने गरेको १० हजार राहतले उनको सहाराको भूमिका निभाएको थियो । तर मृगौला फेल भएपछि भने अहिले उनी आफ्नै सहयोगका लागि अर्को संघर्षमा छिन्। श्रीमान वितेपछि उनको सहाराका नाममा श्रीमानको पेन्सन आउने एउटा बैंक खाता मात्रै थियो। जेनतेन गुजारा चलेकै थियो।
 
तर मृगौला बिग्रिएपछि भने अहिले गोमाको परिवारमा आर्थिक संकट शुरु भएको छ। कसैले सहयोग वापत दिएको रकम पनि त्यसै बैंक खातामा आउँछ । गोमादेवीले भनिन् ‘भोलि के हुने हो थाहा छैन। आजसम्म यो बैंक खाताकै भरमा जसरीतसरी गुजारा चलेको छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell