
काठमाडौं : यो साता शुक्रबार प्रदर्शनमा नेपाली फिल्म 'समर लभ' छ। सुबिन भट्टराईको उपन्यासमा आधारित फिल्मले सोलो रिलिज पाएको हो।
मुस्कान ढकाल निर्देशित फिल्ममा आशिष पिया र रेवती क्षेत्रीको मुख्य अभिनय छ। फिल्ममा अन्य कलाकारहरु सुरज सिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनालको अभिनय छ।
फिल्मले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा ४ सो मात्र पाएको छ। गत साता प्रदर्शनमा आएको 'एक लड्कीको देखा तो ऐसा लगा'ले क्यूएफएक्स कब्जा गरेको देखिन्छ। बलिउड फिल्मले क्यूएफएक्समा ६ सो प्राप्त गरेको छ। 'समर लभ'को पटकथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन्।