PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

रोहित शर्मा बने टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी



पहिलोपोस्ट

रोहित शर्मा बने टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी

भारतीय क्रिकेट रोहित शर्मा टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।

न्यूजिल्याण्ड विरुद्ध भइरहेको टी २० सिरिज अन्तर्गत दोस्रो टी २० अन्तर्राष्ट्रियमा अर्धशतक बनाएका रोहितले सर्वाधिक रन बनाउनेमा न्यूजिल्याण्डकै मार्टिन गप्टिललाई पछि पारे।

किवी टोली विरुद्ध अर्धशतक बनाएपछि रोहितको २२८८ रन बनाएका छन् गप्टिलको २२७२ रन छ। रोहितले न्यूजियाण्ड विरुद्ध २८ बलमै ५० रन बनाएका थिए।

९२ टी २० अन्तर्राष्ट्रिय खेलेका रोहितले यस फर्म्याटमा सर्वाधिक ४ शतक समेत प्रहार गरिसकेका छन्। उनको उच्च स्कोर भने ११८ रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell