PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

डीपीएलको ट्रफी सार्वजनिक, मैदान हिलाम्मे भएपछि खेल सर्ने सम्भावना 



एम बम

डीपीएलको ट्रफी सार्वजनिक, मैदान हिलाम्मे भएपछि खेल सर्ने सम्भावना 

कैलालीः तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक गरिएको छ। धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो। डीसीएका  अध्यक्ष सुवास शाही र डीपीएलका सद्भावनादुत साउथ अफ्रीकी क्रिकेटर जोन्टी रोड्सले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन्। 

ट्रफी सावैजनिक गर्दै रोड्सले आफु डीपीएलको सद्भावनादुत हुन पाएकोमा खुसी व्यक्त गरे। ट्रफी सार्वजनिकीकरणका क्रममा डीसीएका  अध्यक्ष शाहीले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको बताए। 

पानीले फाप्ला क्रिकेट मैदान हिलाम्मे भएपछि भोलिको खेल सर्ने सम्भावना बढेको छ। लगातार परेको पानीले डीपीएल हुने मैदानमा पानी जमेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell