PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

आमाको नामबाट नागरिकता माग्दै प्रदर्शनमा उत्रिएकाको प्रश्न 'कोख मेरो, सन्तान कसको?' 

आमाको नामबाट नागरिकता माग्दै प्रदर्शनमा उत्रिएकाको प्रश्न 'कोख मेरो, सन्तान कसको?' 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंमा प्रर्दशन गरिएको छ।

महिला अधिकारकर्मीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै काठमाडौंको माईतीघर मण्डेलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रर्दशन गरेका हुन्। उनीहरुले नयाँ बानेश्वरमा सडक नाटकसमेत प्रदर्शन गरे।

त्यस अवसरमा उनीहरुले आमाको कोखबाट जन्मिए पनि नागरिकता दिने व्यवस्था अझै सुनिश्चित गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि सहभागी भएको सो विरोध प्रर्दशनमा नागरिकतामा समान अधिकार दिलाउन पनि आमाको नाममा नागरिकता पाउने व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई आग्रह गरिएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell