
बिग बास लिग अन्तर्गत शुक्रवार भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टिम मेलवर्न स्टार्स ब्रिसवन हिटसँग १० विकेटले पराजित भएको छ।
सन्दीपको कमब्याक खेलमा स्टार्सले खराब बलिङ गरेपछि फराकिलो हार बेहोरेको हो। हारपछि स्टार्स १३ खेलबाट १२ अंकसहित पाँचौ स्थानमा झरेको छ र लिगको सबै १४ खेल खेलेको हिट १३ अंकसहित चौथोमा उक्लेको छ।
स्टार्सको शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ तर त्यसका लागि आंइतवार हुने लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्नैपर्ने भएको छ।
उता हिटको लागि भने अब स्टार्स र सिड्नी थण्डर अन्तिम खेलमा पराजित भए सेमिफाइनलको बाटो खुल्नेछ।
ब्रिसवनको घरेलु मैदान गाब्बामा स्टार्सले खराब बलिङ गर्दा हिटले १५९ रनको लक्ष्य १० ओभरमै कुनै विकेट नगुमाई पूरा गरेको हो। हिटका लागि वेन कटिङले ८१ र म्याक्स ब्रायन्टले ७१ रन बनाए। दुवैले समान ३१ बल खेले। कटिङले ४ चौका र ८ छक्का प्रहार गर्ने ब्राउन्टले ६ चौका र ५ छक्का प्रहार गर्ने।
हिटका लागि सबैभन्दा किफायती बलिङ गरेका ड्यानिए ओभरलले २ ओभरमा २२ रन खर्चे। सन्दीप लामिछानले २ ओर बलिङ गर्दा २८ रन खर्चिए भने २ बल मात्र डट फाल्न सफल भए।
आठौँ ओभरमा ८ रन मात्र दिएका सन्दीपले १० औँ ओभरमा ३* छक्कासहित २० रन खर्चेका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्टार्सले ओपनर मार्कुस स्टोइटिनसको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो। स्टोइनिसले ५१ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ८१ रन बनाए।
ड्वाने ब्राभोले १६ बलमा १ चौका र १ छक्काको मद्दतमा २१ रन जोडे। हिटका लालोरले ३ विकेट लिए।
३* छक्का हुनपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।