PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मैदानमा पानी जमेपछि डीपीएल दुई दिन पछि सर्यो, पहिलो खेल आइतवार काठमाडौँ र धनगढीबीच हुने



पहिलोपोस्ट

मैदानमा पानी जमेपछि डीपीएल दुई दिन पछि सर्यो, पहिलो खेल आइतवार काठमाडौँ र धनगढीबीच हुने

धनगढी : निरन्तर वर्षापछि मैदान भिजेर पानी जमेका कारण धनगढी प्रिमियर लिग डीपीएल को तेस्रो संस्करण दुई दिन पछि सरेको छ।

शनिवारदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुने तयारी भएपनि मैदान भिजेर गिलो भएपछि डीपीएल आइतवारसम्मको लागि सरेको हो।

आयोजक धनगढी क्रिकेट एकेडेमीले नयाँ खेल तालिका पनि सार्वजनिक गरेको छ। शनिवार धनगढी स्टार्स र विराटनगर किंग्सबीच खेल हुने तय थियो।

तर नयाँ तालिका अनुसार अब आइतवार धनगढी र काठमाडौँ गोल्डेन्सबीच उद्घाटन खेल हुने भएको छ।

शुक्रवार धनगढीमा एक कार्यक्रमकाबीच आयोजक सुवाश शाही र डीपीएलका सद्धावनादुत जोन्टी रोड्ले संयुक्त रुपमा डीपीएलको विजेताले पाउने ट्रफी सार्वजनिक गरेका थिए।

नेपालकै सबैभन्दा ठूलो धनराशी रहेको डीपीएल ३ को विजेताले ३० लाख हात पार्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell