
काठमाडौँ : शहिद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ क्लब र टुसला युथ क्लबले विजयी सुरुवात गरेको छन्। शुक्रवार भएको उद्घाटन खेलको झम्सिखेलले ब्वाइज युनियनलाई १-० ले हरायो। झम्सिखेलका लागि ३९औँ मिनेटमा एलिस लुङ्गेलीले गोल गरे।
७०औँ मिनेटमा ब्वाइज युनियनले बराबरी गोल गर्ने मौका पाएको थियो। तर सुसान लामाको पेनाल्टी प्रहार झम्सिखेलका गोलकिपर सुवास मगरले बचाए।
यस्तै टुसालले पनि श्री भगवती क्लबलाई १-० ले नै पराजित गरेको हो। टुसालका लागि २२औँ मिनेटमा अलोन राईले गरेको गोल नै निर्णाय बनेको थियो।