
भारतमा बज देखि सुरु हुने हिरो गोल्डकप महिला फुटबलमा नेपालको महिला राष्ट्रिय टिमले म्यानमारसँग खेल्दैछ।
खेल भारतको भुवनेश्वरमस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुने छ।
पछिल्लो पटक नेपाल र म्यानमारबीच टोकियो ओलम्पिक २०२० को छनोट अन्तर्गत खेल भएको थियो। उक्त खेल बराबरीमा सकिएको थियो।
म्यानमार वरीयतामा पनि माथि रहेको र कठिन प्रतिद्वन्दी रहेको नेपालको प्रशिक्षक हरी खड्काले बताएका छन्।
'हाम्रो मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिप हो। हामी यहाँ सिक्नको लागि आएका छौँ। यहाँ खेल्ने बाँकी तीन टिम हामीभन्दा हाइअर र्याङ्कका छन्।'
'हामी यहाँ अन्डरडग टिमको रुपमा रहन सक्छौँ। हामी अरु टिमसँग प्रतिस्पर्धात्मक खेल खेल्छौँ र राम्रो फुटबल खेल्नेछौँ।' 'हामी यहाँ हाम्रो कमजोरीहरुलाई सुधार गर्नेछौँ।' शुक्रवार भएको प्रिम्याच कन्फ्रेन्समा खड्काले भनेका थिए।
नेपाल र म्यानमारसँगै प्रतियोगितामा भारत र इरान समेत सहभागि छ।