PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

संकल्प पूजासहित काष्ठमण्डपको 'प्यंग था' (काठे पिल्लर) भोलि उठाइने



पहिलोपोस्ट

संकल्प पूजासहित काष्ठमण्डपको 'प्यंग था' (काठे पिल्लर) भोलि उठाइने
तस्विर : काष्ठमण्डप पुनर्निर्माण समिति

काठमाडौं :  २०७२ वैसाख १२ गतेको भूकम्पमा ढलेको काष्ठमण्डपको पुन:र्निर्माणको काम जारी छ। 

काष्ठमण्डप क्षेत्रमा प्यंग था (चारवटा मूल थाम) उठाउने अन्तिम तयारी हुँदैछ।

काष्ठमण्डपको पुनर्निर्माणका लागि महत्वपूर्ण मानिएको 'प्यंग था' आइतवार विशेष पुजा गरी उठाइने तयारी भएको हो। 

काष्ठमण्डप पुनर्निर्माण समितिका अनुसार हनुमानढोका कालभैरब अघि 'प्यंग था' हरुको संकल्प पूजा गरेर त्यसलाई बाजागाजा सहित जात्रा गरी हनुमानढोकादेखि काष्ठमण्डपसम्म लगिनेछ। 

दिउँसो १२ बजेर १५ मिनेटको साइतमा काष्ठमण्डपमा परम्परागत तरिकाले 'प्यंग था' उठाउने कार्य सुरु हुनेछ। 

समितिले तीन वर्ष भित्र काष्ठमण्डप पुनर्निर्माण गर्ने लक्ष्य लिएको छ। 

 सम्बन्धित समाचार : 'भूकम्पका कारण मात्रै काष्ठमण्डप ढलेको होइन' 

यसरी ठडिँदैछ काठमाडौं चिनाउने काष्ठमण्डप : १५ सय वर्ष पुराना काठ भेटियो जस्ताको तस्तै, नयाँसँग पुन: प्रयोग हुँदै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell