PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

रेफ्रीलाई बल र ब्याट हस्तान्तरण गरी डीपीएल उद्घाटन, खेल भने सोमबारबाटमात्र



एम बम

रेफ्रीलाई बल र ब्याट हस्तान्तरण गरी डीपीएल उद्घाटन, खेल भने सोमबारबाटमात्र

कैलालीः धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको आज एक कार्यक्रमका बिच उद्वघाटन गरिएको छ। सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहमद सफिकलाई ब्याट र बल दिएर लिगको उद्घाटन गरे।

प्रतियोगिताको उद्वघाटन भएपनि खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने छ। शनिबारबाट सुरु हुने भनिएको लिग बर्षाका कारण दुई दिन पछाडि सरेको हो। लगातारको बर्षाका कारण मैदान हिलाम्य भएपछि प्रतियोगिता दुईदिन पछाडि सारिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। सोमबारदेखि दैनिक दुई वटा खेल हुनेछन्। पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन्।

पूर्व कप्तान अग्रवाल र प्रशिक्षक भट्टराई नगदसहित सम्मानित

त्यस्तै आजको उद्वघाटन कार्यक्रमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराईलाई धनगढी क्रिकेट एकेडेमीले सम्मान गरेको छ। एकेडेमीले जनही एक÷एक लाखसहित अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट सम्मानित गरेको हो।

सम्मानित दुबैले धनगढी क्रिकेट एकेडेमीले आफुहरुको उच्च मुल्याङकन गर्दै सम्मान गरेकोमा खुसी ब्यक्त गरे। अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ।

प्रतियोगीतामा प्रथम हुनेले ३० लाख हात पर्ने छ। उपबिजेताले १२ लाख रुपैँया हात पार्नेछ। यस्तै, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन्।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell