PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

हिरो वुमन्स गोल्डकप : पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित



पहिलोपोस्ट

हिरो वुमन्स गोल्डकप : पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित
PHOTO : ANFA

काठमाडौँ : आजदेखि भारतमा सुरु भएको हिरो वुमन्स गोल्डकपमा नेपालले खराब सुरुवात गरेको छ। नेपाली महिला टोली म्यानमारको महिला टोलीसँग ३-० ले पराजित भएको हो।

भारतको उडिसास्थित कालिङ्गा रंगशालमा भएको खेलमा म्यानमारले पहिलो हाफमा एक गोल मात्र गरेपनि दोस्रो हाफमा दुई गोल थपेको थियो।

आजै भारत र इरानबीच पनि खेल हुनेछ।

चार राष्ट्र सम्मिलित प्रतियोगिताले नेपालले अब सोमबार घरेलु टोली भारत र बुधवार इरानसँग खेल्नेछ।

भारतीय फुटबल संघले नेपालमै आगामी मार्चमा हुने साफ वुमन्स च्याम्पियनसिपको तयारीमा रुपमा यस प्रतियोगिता गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell