PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

राष्ट्रिय हक्की प्रतियोगिता शुरु, गण्डकी प्रदेश र आर्मी विजयी



पहिलोपोस्ट

राष्ट्रिय हक्की प्रतियोगिता शुरु, गण्डकी प्रदेश र आर्मी विजयी
प्रतिकात्मक फोटो

भद्रपुर : तीस वर्षपछि पहिलोपटक पूर्वक्षेत्रमा राष्ट्रियस्तरको हक्की प्रतियोगिता आजबाट शुरु भएको छ।

भद्रपुरस्थित मेची रङ्गशालामा गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिता शुरु भएको हो। नेपाल हक्की सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद्को संयोजनमा शुरु भएको प्रतियोगितामा छ प्रदेशसहित विभागीय टोली नेपाल आर्मीले भाग लिएका छन्।

आज भएको उद्घाटन खेलमा प्रदेश नं ३ लाई ८–१ ले पराजित गरी गण्डकी प्रदेश विजयी भएको छ। गण्डकीका तर्फबाट रोमन रानाले ३, सोभरत्न कुँवरले २ तथा सागर आचार्य, थमन घर्ती र पिताम्बर मगरले समान १-१ गोल गरे भने प्रदेश नं ३ का तर्फबाट वन्जान घिमिरेले १ गोल गरेका थिए।

त्यस्तै, प्रदेश नम्बर १ र २ बीच भएको दोस्रो खेल गोलरहित बराबरीमा टुङ्गियो भने तेस्रो खेलमा त्रिभुवन आर्मीले प्रतिष्पर्धी प्रदेश नं ५ लाई ८–१ गोल अन्तरले पराजित गर्‍यो। विजयी टिम नेपाल आर्मीका तर्फबाट दिपेन्द्र ऐरले ५ र राम साहले ३ तथा उपविजेता टिम प्रदेश नम्बर ५ का आनन्द बडेलले १ गोल गरेका थिए।

नेपालमै ओझेलमा परेको हक्की खेलको प्रोत्साहनसँगै प्रदेशस्तरबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको नेपाल हक्की सङ्घका सचिव रञ्जन थापाले बताए।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने हक्कीका प्रमुख प्रशिक्षक बाबुराम नेपालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell