PahiloPost

Nov 7, 2025 | २२ कात्तिक २०८२

१४ एसपीको एसएसपीमा र २६ डिएसपीको एसपीमा बढुवा



पहिलोपोस्ट

१४ एसपीको एसएसपीमा र २६ डिएसपीको एसपीमा बढुवा

काठमाडौँ : गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न बढुवा सिफारिश सूची प्रकाशित गरेको छ। 

१४ जना मध्ये सशस्त्र प्रहरी गण नं १ नक्सालमा दरबन्दी रहेका सन्दिप भण्डारी पहिलो नम्बरमा छन्। त्यसैगरी प्रहरी प्रधान कार्यालय युएन जगेडामा दरबन्दीमा रहेका टेकप्रसाद राई र इन्टरपोल शाखामा रहेका उमेशराज जोशी थोरै अङ्कको अन्तरले दोस्रो र तेस्रो नम्बरमा छन्। 

बढुवा सिफारिश सूचीमा पर्नेमा श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल रहेका छन्। 

त्यसैगरी २६ जना डिएसपीको एसपीमा बढुवाका लागि बढुवा सिफारिश सूची प्रकाशित भएको छ।  पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा दरबन्दी रहेका रमेशकुमार बस्नेत पहिलो नम्बरमा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell