PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते



पहिलोपोस्ट

दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

धादिङः  'लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने' सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ।

धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा ३ ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौँ ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकी १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell