PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

प्रिमियर लिग : लिभरपुल पुन: शीर्ष स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल पुन: शीर्ष स्थानमा

लिभरपुल पुन: प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा एएफसी बर्नमाउथलाई ३-० ले पराजित गर्दै लिभरपुलले म्यानचेष्टर सिटीलाई ३ अंकले पछि पारेको छ।

२६ खेलबाट लिभरपुलको ६५ अंक भएको छ भने समान खेलबाट सिटीको ६२ अंक छ।

लिभरपुलका लागि घरेलु मैदानमा साडियो मानेले २४औँ, जर्जिनो विजनाल्डमले ३४औँ र मोहमद सलाहले ४८औँ मिनेटमा गोल गरे।

प्रिमियर लिगमा आइतवार टोटनहमले लेस्टर सिटीसँग खेल्नेछ भने म्यानचेष्टंर सिटीले चेल्सीसँग खेल्नेछ।

यस्तै शनिवारै भएको खेलमा आर्सनलले हडर्शफिल्डलाई २-० ले पराजित गर्दै पाँचौ स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। आर्सनलले चेल्सीभन्दा एक खेल बढी खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell