PahiloPost

Nov 7, 2025 | २२ कात्तिक २०८२

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडकमा चैतबाट कालोपत्र



पहिलोपोस्ट

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडकमा चैतबाट कालोपत्र
फाइल फोटो

गलेश्वरः दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ।

प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताउँदै अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम सुरु गरिने जानकारी दिए। कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको आयोजना हो।

आयोजना प्रमुख अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए।

बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकमा ११ प्याकेजमा काम भइरहेको जानकारी दिँदै आयोजना प्रमुख अधिकारीले चालू आर्थिक वर्षभित्र विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिने दाबी गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell