PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

करेन्ट लागेर तनहुँमा १२ वर्षीय बालकको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर तनहुँमा १२ वर्षीय बालकको मृत्यु
प्रतीकात्मक तस्विर

दमौलीः तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

शव दमौली अस्पतालमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell