PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

शिव परियारले ल्याए नयाँ गीत 'तिमी नै मेरो सास हौ'



पहिलोपोस्ट

शिव परियारले ल्याए नयाँ गीत 'तिमी नै मेरो सास हौ'

काठमाडौं :  लोकप्रिय गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको  छ। उनले दर्शकमा 'तिमी नै मेरो सास हौ'बोलको गीत सार्वजनिक गरेका हुन्। एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतमा शिवको स्वर छ।

यसअघि शिवकै 'आँशुको अर्थ'मा रुचाइएको अभिनेत्री स्वस्तिमा खड्का र आकाश श्रेष्ठको जोडी गीतको भिडियोमा देख्न सकिन्छ। गीतलाई शिवकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सुहाना क्रियसनको प्रस्तुति रहेको भिडियोमा बुद्ध थापाको छायाँकन,विकास धमलाको सम्पादन, सुबोल थापाको कोरियोग्राफी छ। गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell