
कप्तान ग्लेन म्याक्सवेलको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शन मद्दतमा मेलवर्न स्टार्स सिड्नी सिक्सर्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
लिगको अन्तिम खेलमा स्टार्सले सेमिफाइनल पुगिसकेको सिक्सर्सलाई ९४ रनले पराजित गर्दा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले ३ विकेट लिए।
यसिअघिको खेलमा ब्रिसवन हिटसँग १० विकेटले हारेपछि स्टार्सलाई सेमिफाइनल पुग्न अन्तिम खेल जित्नैपर्ने दबाब थियो। त्यसमा बलरहरु चम्केपछि स्टार्सले नकआउट यात्रा तय गरेको हो। जितपछि स्टार्सले १४ खेलबाट ७ जितसहित १४ अक नै जोड्यो भने चौथो स्थानमा रहँदै सेमफाइनल पुग्यो। स्टार्सले अब फाइनल प्रवेशका लागि लिगमा पहिलो स्थानमा रहेको होवार्ट हुरिकेनसँग खेल्नेछ। पहिलो सेमिफाइनल बिहीवार हुनेछ।
The #BBL08 Semi Finals are locked in.
— KFC Big Bash League (@BBL) February 10, 2019
Who have you got?! pic.twitter.com/DVmAJaZ1XN
स्टार्सका लागि उत्कृष्ट बलिङ गरेका सन्दीपले ३.४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएका हुन्। एक क्याच समेत लिएका सन्दीपले एक रनआउटमा समेत योगदान दिए।
Maxi has the Midas touch! The Sydney Sixers are in all sorts at the MCG #BBL08 pic.twitter.com/V9EIuuwXGy
— cricket.com.au (@cricketcomau) February 10, 2019
यही सिजन बीबीएलमा डेब्यु गरेका सन्दीपले सुरको ४ खेल खेल्दै ८ विकेट लिएकाथिए। त्यसपछि उनले बंगलादेश प्रिमियर लिग खेले। अनी नेपालको राष्ट्रिय टिमका लागि युएई विरुद्ध ओडिआई र टी२०आई सिरिज खेले।
सिरिजपछि युएईबाटै अष्ट्रेलिया पुगेका सन्दीपले पुनरागमन खेलमा भने विकेट लिन सकेनन्।
बलरहरुले उत्कृष्ट प्रदर्शन गेपछि १६९ रनको लक्ष्य पछ्याएको सिक्सर्स १३.४ ओभरमा ७४ रनमा अलआउट भएको हो।
स्टार्सका एडम जाम्पा र वरलले पनि २-२ विकेट लिए। जाम्पाले ४ ओभरमा १५ रन खर्चे।
सिक्सर्का लागि ड्उनिए हुजले १२, स्टेफ ओ'केफी नटआउट ११ र टम कुरानले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अक छुन सकेनन्।
त्यसअघि मेलवर्न क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको स्टार्सले म्याक्सवेलको ८२ रन मद्दतमा २० ओरभमा १६८ रन बनाएको थियो। म्याक्सवेलले ४३ बल खेल्दै ४ चौका र ६ छक्का प्रहार गरे। यस्तै पिटर ह्याण्ड्सकम्बले ३५ र ओपनर मार्कुस स्टोइनिसले ३४ रन बनाए। सिक्सर्सका टम कुरानले २ विकेट लिए।