काठमाडौं : फिल्म 'ए मेरो हजुर ३'को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिजर सार्वजनिक गरेको हो।
टिजरमा अभिनेता अनमोल केसी र सुहाना थापा फिचर्ड छन्। झरना थापाकी छोरी सुहानाको यो डेब्यू फिल्म हो। टिजरमा सुहानाको परिचय दिँदै अनमोललाई मेगा स्टार भनेर देखाइएको छ।
पछिल्लो समय अनमोललाई मेगा स्टारको उपनाम दिँदा फिल्मककर्मीबीच लामो समय यो विषयमा चर्चा चल्यो। कतिले असहमति पनि जनाए। ट्यागलाई लिएर अनमोल जवाफदेही पनि बन्नु पर्यो। उनले दर्शकले आफूलाई प्रेम गरेर उक्त ट्याग दिएको बताएका थिए।
झरना थापाले निर्देशन गरेको अघिल्लो फिल्म 'ए मेरो हजुर २'लाई पनि दर्शकले रुचाएका थिए। अब तेश्रो संस्करणलाई दर्शकले कत्तिको रुचाउला त्यो पछि नै थाह हुनेछ। फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउनेछ। त्यो भन्दा अघि अनमोलकै अर्को फिल्म 'क्याप्टेन' फागुन १७ गते रिलिज हुनेछ। वर्षमा एउटा मात्र फिल्म गर्ने भनेका अनमोलका दुई फिल्म यसपाली लगातार प्रदर्शनमा छ।