PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बी डिभिजन लिग : आरसिटीको पुनरागमन जित



पहिलोपोस्ट

काठमाडौँ : रानी पोखरी कर्नर टिम आरसिटीले शहिद स्मारक बी डिभिजन लिगमा आइतवार नयाँ बस्ती युवा क्लबलाई पराजित गरेको छ।

दोस्रो मिनेटमा गोल खाएर पछि परेको आरसिटीले पुनारगमन गर्दै नयाँ बस्तीलाई ३-१ ले पराजित गरेको हो। जितपछि आरसिटीले ३ अंक जोडेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दोस्रो मिनेटमै शानी कुमार चौधरीले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकने। २९औँ मिनेटमा बरसिटीका लागि पुकार अले मगरले बराबरी गोल फर्काए। पहिलो हाफ बराबरीमा सकिएपनि सन्सार न्नद पलानचोकेले ५१औँ मिनेट र इन्जुरी टाइममा गोल गर्दै आरसिटीका लाई जित दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell