PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

बी डिभिजन लिग : आरसिटी र पुलचोक स्पोर्ट्स विजयी



पहिलोपोस्ट

बी डिभिजन लिग : आरसिटी र पुलचोक स्पोर्ट्स विजयी

काठमाडौँ : रानी पोखरी कर्नर टिम आरसिटीले शहिद स्मारक बी डिभिजन लिगमा आइतवार नयाँ बस्ती युवा क्लबलाई पराजित गरेको छ।

दोस्रो मिनेटमा गोल खाएर पछि परेको आरसिटीले पुनारगमन गर्दै नयाँ बस्तीलाई ३-१ ले पराजित गरेको हो। जितपछि आरसिटीले ३ अंक जोडेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दोस्रो मिनेटमै शानी कुमार चौधरीले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकने। २९औँ मिनेटमा बरसिटीका लागि पुकार अले मगरले बराबरी गोल फर्काए। पहिलो हाफ बराबरीमा सकिएपनि सन्सार न्नद पलानचोकेले ५१औँ मिनेट र इन्जुरी टाइममा गोल गर्दै आरसिटीका लाई जित दिलाए।

आइतवारै भएको दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले बाँसबारी युथ क्लबलाई ३-१ ले नै पराजित गरेको छ। पुलचोकको लागि टिका राज गुरुङले १७औँ, राम काजी कुमालले ५२औँ र सुशिल गुरुङले इन्जुरी टाइममा गोल गरे। बाँसबारीका लागि ४७औँ मिनेटमा नवीन थापाले गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell