PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

एयरपोर्टको कार्गो गेट नजिकै बसको ठक्करबाट पैदलयात्रुको मृत्यु



पहिलोपोस्ट

एयरपोर्टको कार्गो गेट नजिकै बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँः तीनकुनेमा (एयरपोर्ट कार्गो गेट नजिकै) बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। बिहान करिब ५३० बजेको समयमा कोटेश्वरबाट एयरपोर्ट जाँदै गरेको बा ३ ख ७०५७ नम्बरको बसले पैदलयात्रुलाई ठक्कर दिएको थियो।

घाइते पैदलयात्रु सोलुखुम्बु बाँसा नगरपालिका ९ घर भई गैरीगाउँ बस्ने पदम कार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस महानगरीय प्रहरी वृत्त गौशालाको नियन्त्रमा छ। बस चालक फरार रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell