सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा चेल्सीमाथि शानदार जित हात पारेको छ।
आइतवार भएको खेलमा चेल्सीलाई ६-० ले पराजित गर्दै सिटी पहिलो स्थानमा समेत उक्लेको छ। एक खेल बढी खेलेको सिटीले समान अंक भएको लिभरपुललाई गोलअन्तरमा पछि पारेको हो।
घरेलु मैदान एतिहाड स्टेडियममा अगुएरोले १३औँ, १९औँ र ५६औँ मिनेटमा गरे। यस्तै रहिम स्टर्लसङले चौथो र ८०औँ मिनेटमा गोल गरे भने इकाए गुन्डागोनले २५औँ मिनेटमा गोल गरे।
प्रिमियर लिगमा अगुएरोले ह्याट्रिक गरेको यो ११औँ पटक हो र उनी उनले सर्वाधिक ह्या६रिक गर्ने एलान सिअररको कीर्तिमान बराबरी गरेका छन्।
सिटीले पहिलो हाफमै चार गोल गरेपछि चेल्सी दबाबमा परेको थियो।
सन् १९९१ मा नटिङहम परेस्ट विरुदध ७-० ले हारेयता चेल्सीको यो सबैभन्दा ठूलो हार हो।
यस्तै अर्को खेलमा टोटनहम हट्सपरले लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ। टोटनहमका लागि डेभिडसन सान्चेज, क्रिस्टिएन एरिक्सन र हेउन मिन सनले गोल गरे। लेस्टरका लागि जेमी भार्डीले एक गोल फर्काए।
आइतवारको खेलपछि सिटी २७ खेलबाट ६५ अंकसहित पहिलो र २६ खेलबाट ६५ अक रहेको लिभरपुल दोस्रोमा छ। २६ खेलबाट ६० अंक जोडेको टोटनहम तेस्रोमा छ।