
काठमाडौं: 'सोसल मिडिया फिल्म अवार्ड २०७५' वितरण कार्यक्रम सम्पन्न भएको छ। 'ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स'ले आयोजन गरेको कार्यक्रममा १२ विधामा अवार्ड प्रदान गरियो। फिल्म निर्देशक संगीता श्रेष्ठ, ब्लगर तथा सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर करुण थापा अवार्डका निर्णायक रहेका थिए।
निर्णायक मण्डलले कार्यक्रममा जुरी अवार्डबाट 'बोकाहरु' टिमलाई सम्मानित गरे। कार्यक्रममा 'सोसल मिडिया रङ्ग पत्रकारिता सम्मान' कुवेर गिरीलाई प्रदान गरियो। त्यस्तै, 'सोसल मिडिया चलचित्रकर्मी सम्मान'बाट संगीता श्रेष्ठ सम्मानित भइन्।
कार्यक्रममा प्रथम नेपाली अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुषाल, निर्देशक आकाश अधिकारीलयगातको उपस्थिती थियो।
उत्कृष्ट सर्ट फिल्म सम्पादक
पुन्टेको पाङ्ग्रो – मुकेश चौधरी, युवराज खनाल
उत्कृष्ट सर्ट फिल्म सिनिमेटोग्राफर
विकल थापा
उत्कृष्ट सर्ट फिल्म ध्वनी
पुन्टेको पाङ्ग्रो – विनय अधिकारी
उत्कृष्ट सर्ट फिल्म अभिनेता
अनिश जंग थापा/निमेष श्रेष्ठ
उत्कृष्ट सर्ट फिल्म अभिनेत्री
–स्मृति न्यौपाने
उत्कृष्ट ट्रोल
ट्रोल फुटबल नेपाल
उत्कृष्ट न्यूज भिडियो
सन्तोषी अधिकारी
उत्कृष्ट फेसबुक भिडियो
निमेष श्रेष्ठ
उत्कृष्ट युट्युब भिडियो
निमेष श्रेष्ठ - फन रिभोलुसन टिभी
उत्कृष्ट डकुमेन्ट्री
जोगी
उत्कृष्ट सर्ट फिल्म
अलिखित
उत्कृष्ट सर्ट फिल्म निर्देशक
अनिरुद्र दवाडी