एथ्लेटिक विल्वाओसँग बराबरीमा रोकिएपछि लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडमाथि अंकदूरी बढाउने मौका गुमाएको छ।
गएराती भएको खेलमा विल्वाओले घरेलु मैदानमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो।
लियोनल मेसी, लुइस सुअरेज जस्ता खेलाडी भएपनि गोल गर्न नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो।
बराबरीपछि २३ खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा आसिन छ। समान खेलबाट ४५ अंकसहित रियल दोस्रो स्थानमा छ।
यस्तै सेभियाले तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी कम गर्ने मौका गुमायो। चौथो स्थानको सेभिया आइवरसँग २-२ गोलको बराबरीमा रोकिएको हो। बराबरीपछि सेभियाको २३ खेलबाट ३७ अंक छ।
दुई गोलले पछि पर्नुका साथै एक खेलाडी कम भएको अवस्थामा अन्तिम दुई मिनेटमा दुई गोल फर्काउँदै सेभियाले खेल बराबरी गरेको हो। सेभियाको लागि ८८औँ मिनेटमा वसन वेन येडरले ८८औँ मिनेट र पाब्लो सरावियाले इन्जुरी टाइममा गोल गरे। त्यसअघि ८४औँ मिनेटमा एभर बनेगा रातो कार्ड पाउँदै मैदान बाहिरिँदा सेभिया १० खेलाडीमा झरेको थियो।
आइवरका लागि फावियन ओरेलानाले २२औँ र चार्ल्सले ६३औँ मिनेटमा गोल गरेका थिए। तर त्यो अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।