
गत सिजनको उपविजेता काठमाडौँ गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा विजयी सुरुवात गरेको छ।
सोमवार भएको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौँले सोमपाल कामीको धनगढीलाई ४ विकेटले पराजित गरेको हो।
धनगढी गत वर्षको च्याम्पियन टोली हो भने फाइनलमा काठमाडौँलाई नै हराएर उपाधि जितेको थियो।
धनगढीले दिएको १३३ रनकमो लक्ष्य काठमाडौँले एक बल अगावै ६ विकेट गुमाएर पुरा गरेको हो।
काठमाडौँका लागि विदेशी खेलाडीद्वय अंकित देबासले २९ र गौरव तोमारले २८ रन योगदान गरे। अनिल शाहले २४ रन बनाए।
१७ओभरमा १०४-६ को अवस्थामा रहेको धनगढीलाई जित दिलाउन विक्रम भुषाल र मेहबुम आलमले सातौँ विकेटका लागि २९ रनको साझेदारी गरे। विक्रम १४ र मेहबुब १२ रनमा नटबउट रहे।
धनगढीका लागि रोहन मुस्ताफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए।
त्यसअघि फाप्ला प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले अमित श्रेष्ठको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो।
दोस्रो ओभरमै ६ रन हादा २ विकेट गुमाएको धनगढीको रन उकास्न अमित रेष्ठ र सन्दिप रजालीले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे भने अमितले पवन सर्राफसँग चौथो विकेटका लागि ४३ रनको साझेदारी गरे। ५० बल खेलेका अमितले ४ चौका र २ छक्काको मद्दतमा ५० रन नै बनाए। सन्दिपले २८ र पवनले १९ रन बनाए।
सौरभ खनालले आक्रमक ब्याटिङ गर्दै नटबउट २५ रन बनाए। १० बल खेलेका सौरभले ३ चौका र १ छक्का प्रहार गरे।
काठमाडौँका लागि नन्दन यादवले ३ ओभरमा ८ रन मात्र खर्चेर २ विकेट लिए।