PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

फिल्म प्रचारका लागि नेपालगञ्ज पुगे अनमोल केसी



पहिलोपोस्ट

फिल्म प्रचारका लागि नेपालगञ्ज पुगे अनमोल केसी

काठमाडौं: 'क्याप्टेन' टिम यतिखेर फिल्म प्रचारमा व्यस्त छ। फिल्मका मुख्य अभिनेता अनमोल केसी प्रचारका लागि नेपालगञ्ज पुगेका छन्। नेपालगञ्जमा आयोजित 'व्यापार एंव पर्यटक महोत्सव २०७५' मा उनी पुगेका हुन्।

महोत्सवमा अनमोललाई हेर्न दर्शकको भीड नै जम्मा भएको थियो। अनमोलले फिल्म 'क्याप्टेन'का विषयमा दर्शकलाई बताएका थिए। उनले फिल्म आगामी फागुन १७ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएका थिए। स्टेजमा अनमोलले फिल्मको एक गीतमा डान्सका केही स्टेप पनि गरे।

सुपर काजल फिल्मस्को ब्यानरमा बनेको फिल्मलाई अभिनेता भुवन केसीले निर्माण गरेका हुन्। दीवाकर भट्टराई निर्देशित फिल्मबाट उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यू गर्दैछन्। फिल्ममा अनमोलसँगै सुनिल र प्रशान्तसँगै विल्सन बिक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बद्धी तामाङलगायतको अभिनय छ। फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, नवराज उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द र दीर्घ खड्काको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell