PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

टी २० अन्तर्राष्ट्रिय वरीयतामा पारस र सोमपालको फड्को



पहिलोपोस्ट

टी २० अन्तर्राष्ट्रिय वरीयतामा पारस र सोमपालको फड्को
PHOTO : RAMAN SHIWAKOTI

काठमाडौँ : युएईविरुद्धको टी २० अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेपछि नेपाली खेलाडीहरुले टी २० अन्तर्राष्ट्रिय वरीयतामा समेत फड्को मारेका छन्। नेपालका कप्तान पारस खड्का अलराउण्डरतर्फ शीर्ष ४० भित्र अटाएका छन् भने बलरतर्फ सोमपाल कामी २२ स्थान माथि उक्लिएका छन्।

अलराउण्डरतर्फ ७६ रेटिङ रहेका पारस ३९औँ स्थानमा छन्। यस्तै ब्याटिङतर्फ पाँच स्थानमाथि उक्लेका पारस ९०औँ स्थानमा छन्।

टी २० मा ब्याटिङतर्फ वरीयतामा रहने पारस एक्ला नेपाली खेलाडी हुन्।

यसैगरी बलरतर्फ सोमपाल २२ स्थान सुधार गर्दै ७१ औँ स्थानमा पुगेका छन्। उनको ४०९ पोइन्ट्स रहेको छ। यस्तै बसन्त रेग्मीको पनि ४०९ अंक नै छ। उनी ७०औँ स्थानमा छन्। सोमपाल कामी अलराउण्डरतर्फ ५१औँ स्थानमा छन्।

विश्वका विभिन्न लिगहरुमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेले पनि ३६ स्थान फड्को मारेका छन्  र १५९ औँ स्थानमा उक्लेको छन् जुन उनको करियरको उच्च वरीयता हो।

नेपालविरुद्ध सिरिजमा कप्तानी गर्दै ७ विकेट लिएका युएईका मोहम्मद नाभिद बलरतर्फ नन टेष्ट प्लेइङ नेशनको उच्च वरीयतामा रहने खेलाडी बनेका छन्।

उनी तीन स्थान फड्को मार्दै १२ औँ स्थानमा पुगेका छन्।

आइसीसी टी २० अन्तर्राष्ट्रिय वरीयतामा बलरतर्फ अफगानिस्तानका रासिद खान र ब्याट्सम्यानतर्फ पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा छन्। यस्तै अलराउण्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन्।

युएई विरुद्धको सिरिज जितेपछि पहिलो पटक टी २० अन्तर्राष्ट्रिय वरीयतामा समावेश भएको नेपाल टी वरीयतामा १४औँ स्थानमा छ। पाकिस्तान पहिलो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell