PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पुल्चोकमा आशिरमान देशराज जोशी श्रेष्ठको 'ब्रेकअप'



पहिलोपोस्ट

पुल्चोकमा आशिरमान देशराज जोशी श्रेष्ठको 'ब्रेकअप'

काठमाडौं: 'द ब्रेकअप'को टिमले फिल्मको प्रचार थालेको छ। अनमोल केसी अभिनित 'क्याप्टेन'सँगै एउटै मितिमा प्रदर्शनमा आउने फिल्मको टिम यतिखेर प्रचारमा व्यस्त छन्।

आगामी फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म निर्माण टिमले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कार्यक्रम गरेको छ। फिल्मका मुख्य अभिनेता आशिरमान देशराज जोशी श्रेष्ठले कार्यक्रममा फिल्मबारे जानकारी दिएका छन्। उता, अनमोल भने फिल्म प्रचारका लागि नेपालगञ्ज पुगेका थिए।

पुल्चोकको कार्यक्रममा आशिरमानसँगै रेमनदास श्रेष्ठ र इच्छा कार्की उपस्थित थिए। निर्देशक हेमराज बिसीसहितको टिमले स्टेजमै फिल्मको रिमेक गीत 'आज हाम्रो भेट भाको दिन' बोलको गीतमा नृत्य गरे।

'दि ब्रेकअप'मा शिल्पा मास्के, सरोज खनाललगायतको मुख्य अभिनय छ। फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ। नरेन्द्र मैनालीको छायाँकन रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्।

यसअघि आशिरमानको 'ग्याङ्स्टार ब्लुज' खासै चलेन। आशिरमान यो फिल्मबाट निकै आशावादी छन्। अब एकसाथ प्रदर्शनमा आउने फिल्ममा कसले बाजी मार्ला त्यो भने पछि नै थाह हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell