PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

डीपीएल : १११ रन डिफेण्ड गर्दै रुपन्देहीले महेन्द्रनगरलाई हरायो



पहिलोपोस्ट

डीपीएल : १११ रन डिफेण्ड गर्दै रुपन्देहीले महेन्द्रनगरलाई हरायो

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)मा कागजमा बलिया देखिएका दुई टोली हुन्, महेन्द्र नगर युनाइटेड र रुपन्देही च्यालेन्जर्स।

पहिलो दिनै यी दुई टोलीबीचको खेल हुँदा रोमाञ्चक खेल हुने अपेक्षा थियो। दुवै टिममा केही स्टार खेलाडीका साथै राम्रो विदेशी खेलाडी भएपनि धेरै रन भने बन्न सकेन।  धेरै रन नबनेपनि अन्तिम बलसम्म खेल पुग्दा रोचक भने बन्यो।

दुई बलियो टोलीबीचको लो स्कोरिङ खेलमा रुपन्देहीले १११ रनको स्कोर डिफेण्ड गर्दै महेन्द्रनगरमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ।

धनगढीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११ रन मात्र बनाएको थियो।

रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २७ रन बनाउदा विनोद भण्डारीले १९, सन्दिप सुनारले १५ र बाबर हायतले १४ रन बनाए। विक्रम सोब १६ रनमा नटआउट रहे।

महेन्द्रनगरका लागि टी २० सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। यस्तै सागर ढकाल र अभिनाश बोहराले २-२ विकेट लिए।

११२ रनको सामान्य लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा महेन्द्रनगरलाई जितका लागि १२ रन चाहिएको थियो र ३ विकेट साथमा थियो। तर रुपन्देहीका कृष्ण कार्कीले महेन्द्रनगरका मोहम्मद नाभिदलाई आउट गरेपछि खेल रोमाञ्चक बनेको थियो। त्यसपछि अमर सिंह राउटेला र अभिनाश बोहराले ५ बलमा १० रन जोडेपनि जिताउन सकेनन्।

महेन्द्रनगरका लागि सुब्रमन्यन आनन्दले २५, रोहित कुमार पौडेलले २४ र नानभिदले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

महेन्द्रनगरलाई जितबाट रोक्न रुपन्देहीले उत्कृष्ट बलिङ गरेको थियो। उसका विक्रम सोबले सर्वाधिक ३ विकेट लिए। सोबले ३ ओभरमा २४ रन खर्चे। पुनित मेहराले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए भने कप्तान बसन्त रेग्मीले किफायती बलिङ गर्दै ४ ओभरमा ८ रन मात्र खर्चेर १ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell